अर्जुनचौपारीमा हेलिप्याडको सफल परीक्षण

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ अर्जुनचौपारी बजारमा निर्माण गरिएको हेलीप्याडमा हेलिकोप्टर सफल परिक्षण गरिएको छ । नेपाल आर्मी र अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरेको हो ।

जिल्लामा आउने जोखिमलाई मध्येनजर गर्दै गापाले आर्मीसंगको सहकार्यमा हेलिप्याड बनाएको हो । नेपाल आर्मीका कर्णेल रचन श्रेष्ठको नेतृत्वमा काठमाडौबाट आएको तीन जनाको टोलीले हेलिकोप्टर सफल परिक्षण गरेको हो । पुतलीबजार हुदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परिक्षण गर्दै चार पटक अवतरण गरेको थियो ।
हेलिकोप्टरको सफल परिक्षण पश्चात कर्णेल श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको प्रतिक्रिया दिए । हेलिप्याडको पश्चिमतर्फ रहेको पहाडले थोरै समस्या रहने भए पनि एमआई १७ समेत अवतरण गर्न कुनै समस्या नहुने उनले बताए । हेलिप्याड निर्माणमा प्राविधिक डिजाईन र श्रम सहयोग समरदल गुल्मको हो भने गाउँपालिकाले आवश्यक सामाग्रीको पुर्ति गरेको थियो ।

हेलिप्याड नेपाल आर्मीका क्याप्टेन धनबहादुर तामाङको नेतृत्वमा एक महिनासम्म दैनिक २० जनाको श्रमद्धान गरिएको थियो । हेलिप्याड ६०/६० फिट लम्बाई र चौडाइको रहेको र बाहिरी जिल्लामा रहेकामध्ये सबै भन्दा ठुलो हो । पोखरा विमानस्थलपछिकै ठूलो हेलिप्याड रहेको गापा अध्यक्ष प्रकाश तिवारीले दावी गरे । हेलिप्याड निर्माण सफल भएको र परिक्षणसमेत भएको बताउँदै जोखिमका बेला हेलिप्याडको सहि सदुपयोग हुने अध्यक्ष तिवारी बताउँछन् । हेलिप्याडमा हेलिकोप्टर सफल परिक्षण गरेका कर्णेल श्रेष्ठ सहितको टोलीलाई स्थानिय आमा समुहले फुल माला र अबिरले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *