नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गर्दै सोही दिन सार्वजानिक विदा दिने निर्णय समेत गरेको छ ।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने निर्णय भएको हो । नेम्वाङका दुवै छोरा विदेशमा रहेको र उनीहरू आउँदै गरेकाले अन्त्येष्टि हुने दिन बिदा दिने निर्णय भएको सरकारका पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए । मंगलबार विहान नेम्वाङको हृदयघातका कारण निधन भएको थियो । नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
Post Views: 30