सरकारले थप ८ देशमा दूतावास खाेल्ने

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड र टर्कीमा नेपाली दूतावास खोल्ने भएको छ । वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेको युरोपका ५ देशसहित ८ मुलुकमा सरकारले नेपाली दूतावास स्थापना गर्ने बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा साेमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो । वैठकले ४७ बुँदे निर्णय गरेकाे छ । नयाँ दूतावासका परराष्ट्र सेवाकाे उपसचिव, श्रम मन्त्रालयकाे अधिकृतस्तरकाे श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहनेछन् ।

दूतावास खोल्ने प्रक्रिया पुर्‍याउन प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका कामदारलाई समेत बैठकले सम्बोधन गरेको छ । यसका लागि निश्चित समय तोकी एक पटकलाई शून्य समय बनाई श्रम स्वीकृति दिने निर्णय भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *