नियमित बिद्युत सुनिश्चितताको माग

Share this post :

Facebook
Twitter
WhatsApp

अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीका एक सय २५ घरधुरीले नियमित बिद्युत सुनिश्चितताको माग राखेका छन् । साहारा सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीमार्फत सेवा लिदै आएका यहाँका स्थानियले प्रभावकारी सेवा नपाएको भन्दै गाउँपालिकामा नियमित बिद्युत सुनिश्चितताको माग गरेका हुन् ।

एक सय ८ सेवाग्राहीले हस्तास्क्षर गरेको निबेदनमा सेवा प्रदायक साहाराबाट भोल्टेज कम आउने र नियमितमर्मत तथा प्रभाबकारी सेवा नपाएको गुनासो गरेका छन् । सेवा प्रदायक संस्था साहाराले प्रभाबकारी सेवा दिन नसकेको बताउदै नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रमा सेवा समाहित गरी दिन स्थानियले निबेदनमा माग गरेका छन् ।

स्थानिय डिल्लीराम ढकालले २०६३ सालबाट ८०÷२० को साझेदारीमा पाँच लाख रकम तिरेर साहाराबाट बिद्युत सेवा लिएको बताउदै बर्षमा आधा समय मात्र प्रभाबकारी ढंगले बिद्युतको सेवा लिन पाएको बताए । बिगत दुई महिनाबाट बिद्युतको ट्रान्समिटर पडकेर सेवा नपाएको बताउँदै ढकालले सेवा प्रदायक साहाराले चाँसो नदिएको बताएका छन् । बिद्युत १५ दिनमा गाउँपालिकाको पहलमा तीन भोल्टको बत्ती बलेको बताउदै ढकालले कुटानी पिसानीको लागि एक घण्टा टाढाँ दरौ जानुको बिकल्प नभएको बताए । सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीबाट बिद्युत प्राधिकरणबाटसेवा लिने ब्यवस्था गर्न उनले आग्रह गरे ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बिद्युत प्राधिकरणसाग समन्वय गरी प्रभावकारी बिद्युतिय सेवाको लागि पहल गर्ने बताए । सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीका काबा अध्यक्ष गोबिन्द रानाभाटले बिद्युत सेवा प्रभावित भएको जानकारी रहेको बताउदै अहिले नै स्थानियले भने जस्तो प्रभाबकारी सेवा दिन असमर्थ रहेको बताए । प्राधिकरणमा जोड्ने गरी पहल भईरहेको बताउदै रानाभाटले केहि समय स्थानियले दुख सहनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *