३२ वर्षिया युवतीलाई बलात्कार गरेकाे आराेपमा स्याङ्जा प्रहरीले दुई जना युवालाई पक्राउ गरेकाे छ । प्रकाउ पर्नेमा पुतलीबजार नगरपालिका-८ डाँडास्वारा बस्ने २५ वर्षिय सुवास गुरूङ र साेही ठाउँका २७ वर्षिय मदन गुरूङ रहेका छन् ।
प्रहरीका अनुसार घटना भदाै २० गते दिउँसो ३ बजेकाे हाे । प्रहरीले घरमा नै बसिरहेकाे अवस्थामा बाैद्विक अपांग भएकी युवतीलाई सामुहिक बलात्कार गरेकाे बताएकाे छ । प्रहरीका अनुसार पीडितले शुक्रबार प्रहरीकाेमा सामुहिक बलात्कार भएकाे उजुरी दिएकी थिईन् । दुवै जनालाई शुक्रबार नै पक्राउ गरि जिल्ला अदालतमा जवरजस्ती करणीमा मुद्वा दर्ता गरी थप अनुसन्धानकाे प्रकृया अगाडि बढाईएकाे जिल्ला प्रहरीका सूचना अधिकारी पावलशिंह लामाले जानकारी दिए।
Post Views: 29