स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षक र निजामति कर्मचारीलाई कुने पनि राजनीतिक कार्यक्रममा संलग्न नहुन निर्देशन दिएको छ । वालिङ नगरप्रमुख कृष्ण खाँणले सूचना जारी गर्दै उक्त दिर्नेशन दिएका हुन् ।
शिक्षा ऐन, २०२८ को दफा १६ को उपदफा ङ को ५ छ तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन, २०७४ संसोधन सहितको दफा १८ को उपदफा १ च मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती सेवा ऐनको दफा ४४ मा निजामती कर्मचारीले कुनै राजनितिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रुपमा रहेको भन्दै मेयर खाँणले ऐन बमोजिम नै राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाएका हुन् ।
नगरकार्यपालिकाको भदौ २६ मा बसेको वैठकमा गरिएको निर्णय अनुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र निजामति कर्मचारी कार्यालय समयमा कुनै पनि राजनितिक कार्यक्रममा संलग्न नहुने निर्णय गरेको पत्रमार्फत खाँणले जनाए । ‘यो निर्णय विपरित कार्य गरेको पाईएमा कानुनबमोजिम कारबाही हुने छ’ पत्रमा भनिएको छ ।
