गण्डकीमा ३८७ गिद्ध भेटिए

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लोसमय बासस्थानका कारण बर्सेनी गिद्ध संकटमा पर्दै गएको छन् । यसवर्ष गरिएको गणना अनुसार गण्डकी प्रदेशभित्र तीन सय ८७ गिद्ध भेटिए । पोखरा पंक्षी समाजले १० बर्षदेखी प्रत्येक वर्ष पोखरा र यस आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ ।
सेतो गिद्धको संख्या सबैभन्दा बढी र राज गिद्ध एउटा मात्र फेला परेको समाजले जनाएको छ । समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइन्छन् ।
घाचोक, पुम्दीभुम्दी, पुरानो एवं नयाँ ल्यान्डफिलसाइट र दोभिल्लाका साथै तनहुँका व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरिएको समाजले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *