एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि १३ अर्व रुपैयाँ अर्थात् अमेरिकी १० करोड ऋण स्वीकृत गरेको छ । स्थानीयस्तरमा वित्तिय व्यवस्थापनका लागि स्रोत, योजना र व्यवस्थापन सुधारका लागि उक्त ऋण स्वीकृत गरिएको एडीबीले जनाएको छ । एडीबीका अनुसार उक्त रकमले वित्तिय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रिकरण गर्न मद्दत पुग्छ ।
नेपालमा एडीबीले ऋण र खर्च व्यवस्थापन क्षेत्रमा सहयोग गर्दै आएको छ । वित्तिय जोखिम र रणनीति, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन गर्नुपर्ने यस कार्यक्रममा उल्लेख गरिएको छ ।
Post Views: 37