प्रधानमन्त्री प्रचण्ड ल्हासामा

Share this post :

Facebook
Twitter
WhatsApp

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् ।
सिछ्वान एअरलाइन्समार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकी सहित भव्य स्वागत गरिएको छ ।
कार्यक्रमको सुची अनुसार आज साँझ प्रम प्रचण्डसङ चीनिया कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गरेका छन् । चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गरेका हुन् । तिब्बतमा रहदा प्रम प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमणसमेत गर्ने कार्यक्रम छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । उनका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्य छन् । यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छोङछिङ सहर आइपुगेका हुन् । त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यको जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *