ट्याक्सीलाई मिटरमा चलाउन जरिवाना बढाइयो

Share this post :

Facebook
Twitter
WhatsApp

भदौ १ गतेदखि पोखरामा लागू गरिएको अनिवार्य मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नया“ रणनीति अपनाउने भएको छ । यसका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरामा मिटरमा नचल्ने ट्याक्सीको लागि जरिवाना बढाइएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको अध्यक्षतामा सुरक्षा अधिकारी, मन्त्रालयका अधिकारी र यातायात कार्यालयका प्रमुखको मंगलबार पोखरामा बसेको बैठकले मिटर प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई तिब्रता र जरिवानाको दर बढाउने निर्णय गरेको हो । हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकोमा अबदेखि जरिवानाको न्युनतम दर पा“च हजार पु¥याउने निर्णय भएको यातायात व्यवस्था महाशाखा प्रमुखसमेत रहेका मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए ।
मिटरमा चल्न नमाल्ने ११७ वटा ट्याक्सीलाई हालसम्म कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेका ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ । ‘ट्याक्सी मिटरमा चले÷नचलेकाबारे मन्त्रालयबाट नियमित रुपमा कडाईका साथ अनुगमन गरिरहेका छौ’ मन्त्री जुग्जालीले भने, ‘कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सक्नुहुन्छ । यात्रुको गुनासो तत्कालै सम्बोधन र मिटरमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तरगत कारबाही हुन्छ ।’
ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीसंग विभिन्न चरणमा छलफल गरि मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो । २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार १५ किमीको यात्रामा चढ्ना साथ (फ्ल्याग डाउन) ८० र त्यसपछि प्रतिदुई सय मिटरको १० तोकिएको छ ।
१५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रूपैया ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी व्यवसायीले पछिल्लोसमय इन्धन र सवारी साधनका उपकरणमा भएको मूल्य वृद्धि अनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन् । भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको बताउदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिवद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *