धाैलागिरी अस्पतालमा सिटीस्क्यान सेवा सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

धाैलागिरी अस्पतालमा सिटी स्क्यान सेवा शुक्रबारदेखि सुरु भएको छ । बाग्लुङ, पर्वत, म्यादी लगायतका बिरामीलाई लक्षित गरेर धाैलागिरी अस्पतालमा सेवा सुरु गरिएको गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिलाले जानकारी दिईन् ।

यश सेवाले पाेखरामा विरामीकाे चाप घट्नुकाे साथै स्थानीयस्तरमा सेवा पाईने उनले बताईन् । अस्पतालमा जनशक्ति, भाैतिक संरचना अभाव रहेको र समस्या समाधानकाे लागि छलफल भैरहेको मन्त्री सिम्खडाकाे भनाई छ । उनले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने याेजनासहित कार्यान्वयनमा जाेड दिएकाे बताएकी छन् ।

बाग्लुङ नगरपालिकाका मेयर बसन्तकुमार शिरीषले धाैलागिरी अस्पताललाई शिक्षण अस्पताल बनाएर लैजानुपर्ने बताए । बल्ड बैककाे स्तराेन्नति गर्नुपर्ने भएको र त्यसको लागि नगरपालिकाले जतिसक्दो भुमिका खेल्ने बताए ।

सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका सचिव बिनाेदबिन्दु शर्मा स्वास्थ्य सेवा सुधारकाे लागि गण्डकी प्रदेश सरकारले सक्दाे पहल गरेकाे बताए । अस्पतालका निर्देशक डाक्टर रबिरन्दन प्रधानले धाैलागिरी अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन अनुराेध गरे ।
अस्पतालमा १ सय २६ बेड रहेको छन् । ५ देखि ६ सय दैनिक बिरामी आउने अस्पताल स्राेतले जनाएकाे छ । यहाँ २ सय जना कर्मचारी रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *