नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यवृद्धि फिर्ता गरेकाे छ । निगमले एक सूचना जारी गर्दै मूल्यबृद्वि फिर्ता लिएकाे जानकारी दिएकाे छ । मूल्यबृद्वि भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आकस्मिक मन्त्रिपरिषद्काे वैठक बाेलाएका थिए । प्रम प्रचण्डको निर्देशन पश्चात निगमकाे सूचनामा भनिएकाे छ, ‘स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराएको हो ।’ सूचनामा भनिएकाे छ ।


