बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक आव्हान

Share this post :

Facebook
Twitter
WhatsApp

मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्रीले बोलाएकाे बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ । बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *