एट टु नाइन फुटबल प्रतियोगिता सुरु,पहिलो दिन वाकओभरसहित ६ खेल सम्पन्न

Share this post :

Facebook
Twitter
WhatsApp

‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा-१३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए ।
प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो  खेलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेडले मिलनटोल एफसीलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा भुजुङ एफसीले आयोजक एट टु नाइनलाई ४-० गोल अन्तरले पाखा लगायो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४-० गोलले हरायो । तेस्रो खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५-१ गोल अन्तरले पाखा लगायो ।
पाचौ खेलमा एनवाईसी यएरपोर्टले वाकओभर पायो । कुमागाने एफसीले सहभागिता नजनाएपछी वाक ओभर पाएको हो । पहिलो दिनको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा पसगाउले रबै एफसीलाई टाइब्रेकरमा ३-२ गोलले हराउन सफल भयो । निर्धारित २०-२० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका- १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा-१३ मा एक मात्र माछापोखरी खेलमैदान रहेको र यसलाई संरक्षण गर्न स्थानीय युवा तथा क्लब लागिपरेको बताउदै खेल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे ।

एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समुहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *