एमाले गण्डकीकाे अध्यक्षमा नवराज शर्मा निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । प्रतिस्पर्धी मायानाथ अधिकारीलाई पराजय गर्दै उनी विजयी भएका छन् । मायानाथले ३ सय ६५ मत ल्याउँदा शर्माले ५ सय ३१ मत प्राप्त गरे ।

गत १५ गतेबाट सुरू भएकाे अधिवेशनकाे मतदान विहीवार भएकाे थियाे । मतदानमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायि कमिटी सदस्य खगराज अधिकारीकाे दुई प्यानल बनाएर उम्मेदवारी दिईएकाे थियाे । शर्मा गुरूङ प्यानलबाट अध्यक्षकाे उम्मेदवार थिए । यस्तै, उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भए । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनञ्जय दवाडी विजयी भएमा छन् । दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् । अर्का उपसचिवमा कास्कीका दामबहादुर विक निर्वाचित भएका छन् । विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए ।

उनीहरू सबै जना एउटै गुरूङ प्यानलबाटै निर्वाचित भएका हुन् । मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *