गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेवा स्याङ्जाबाट शुरु

Share this post :

Facebook
Twitter
WhatsApp

नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले स्याङ्जाको पुतलीबजारमा आफ्नो तेस्रो उपशाखा कार्यालयको शुभारम्भ गरेको छ । एक समारोहका बिच स्याङ्जा शाखाको उद्घाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले माइक्रो इन्स्योरेन्स कम्पनीले ग्रामीण बस्तीका लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

रेग्मीले कम्पनीको तेस्रो शाखाको रुपमा पुतलीबजारमा स्थापना गरेकोमा धन्यबाद दिँदै, आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीले शुलभ मूल्यको विमा योजना ल्याएकोमा खुशी व्यक्त गर्दै नगरका टोलटोलमा पुगेर आवश्यक जानकारी तथा सुविधा प्रदान गर्न आग्रह गरे । कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले लघुबिमा नयाँ अवधारणा भएकाले सरोकारवाला सबैले व्यापक प्रचारप्रसार गरी लक्षित समुदायसम्म पुराउन आवश्यक रहेको बताईन् । अर्यालले महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिँदै नगरपालिकाले पूर्ण सहयोग र सहकार्य गर्ने बताएकी छन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय तहसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमामा समावेश गर्ने बताए । भण्डारीले डिजिटल प्रविधिको माध्यमबाट जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान भइरहेको बताउँदै कम्पनीले भुक्तानी दाबीलाई २४ घण्टामै विमकको परिवार समक्ष हस्तान्तरण भइरहेको बताए । कम्पनीका मार्केटिङ हेड कैलाश देवकोटाले वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *