राहतको पर्खाइमा स्याङ्जाका भुकम्पपीडित

Share this post :

Facebook
Twitter
WhatsApp

महाभुकम्प गएको नेपालमा झण्डै एक दशक पुग्न लाग्यो । तर, भुकम्पपीडितले अहिलेसम्म राहात पाउन नसकेको गुनासो गरेका छन् । २०७२ सालको विनाशकारी भुकम्पबाट धेरैको ज्यान गयो । करोडौंको क्षति भयो । क्षति भएका अधिकांश संरचना निर्माण भए तर, केही परिवारले भने निर्माण गर्न सकेनन् । त्यही मारमा परेका छन् स्याङ्जा गल्याङ नगरपालिका–१० पकवादीका १३ घरपरिवार ।
रातो कार्ड पाएका उनीहरुले अहिलेसम्म राहात नपाएको गुनासो गरे । २०७२ को महाभुकम्पले स्याङ्जाका अधिकांश ठाउँमा क्षति पुयाएको थियो । सरकारले भुकम्पबाट क्षति भएका घरको वर्गीकरणसमेत गरेको थियो । भुुकम्पपश्चात् जिल्लामा धेरै घर पुनर्निर्माण भए । पिडितले संरचना निर्माणको अवस्था अनुसार पाउनुपर्ने सबै किस्ता पाइसकेको तथ्यांकमा देखिने गरेको छ ।
पकवादीका पीडितले भने राहत नपाउँदा अहिलेसम्म आवास निर्माण गर्न सकेका छैनन् । डुबिनडाँडा गाउँका १३ घरपरीवारले भने अहिलेसम्म आवास बनाउन नसकेको बताएका छन् । पटक पटक स्थानीय वडामा रातो कार्ड बोकेर जादासमेत सहयोग नपाएको गुनासो स्थानीय उदय सार्कीको छ । अर्का स्थानीय तुलसीराम खनाल र सेरु खनालको पनि दुखेसो उस्तै छ ।
पकवादी गाउँ सिद्धार्थ राजमार्गको करादीदेखि ७ किलोमिटरको दुरीमा पर्छ । गल्याङ–१० का वडाध्यक्ष मुक्तिराम खनालले स्थानीयस्तरबाट रातो र्का पाएर पनि राहात नपाएको गुनासो आफूसमक्ष आएको स्वीकार गरे । उनले समस्या पहिचान गरि समाधानतर्फ वडा कार्यालयले पहल गर्ने बताएका छन् ।
भुकम्पका नाममा आएको अनुदान सहयोग प्रभावकारी ढंगबाट वितरण गर्न नसक्दा वास्तविक पिडितले राहत पाउनबाट वञ्चित भएका उदाहरण प्रशस्त छन् । बिपद आईसकेपछी राहतको नाममा खर्च गरिने रकमलाई राजनीतिको अखडा नबनाई बेलैमा समस्याको समाधान गर्न लाग्ने हो भने राज्यवाट खर्च हुुदै आएको लाखौ रकम बचत हुुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *