तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

Share this post :

Facebook
Twitter
WhatsApp

वल्र्ड भिजन एड्भोकेसी फोरमद्धारा आयोजित तिन दिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । पोखरामा शुक्रबारदेखी शुरु भएको उक्त गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गत संचालित बालगृहका संचालक तथा कर्मचारी, मानवअधिकारकर्मी, सुरक्षाकर्मी, अधिवक्ता लगायत बालबालिकाको क्षेत्रमा काम गर्ने २५ जना सहभागी थिए ।
गोष्ठीमा बालबालिका र किशोरकिशोरीको हेरचाह र सामाजिक पुर्नमिलन साथै अटिजम भएका बालबालिका र किशोरकिशोरीको लागि समावेशी शिक्षाबारे प्रशिक्षण दिइएको थियो । तीन दिनसम्म संघसंस्थाबीच अन्र्तकृया गरिनुको साथै भइरहेका गतिविधीबारे जानकारी लिनेदिने कार्य गरिएको थियो । कार्यशाला गोष्ठीमा कार्यक्रम सहजीकरण मधुवन्ती तुलाचनले गरेकी थिइन् ।
राष्ट्रिय बाल अधिकार परिषद्का गण्डकी प्रदेश प्रमुख बद्री वाग्लेले गण्डकी प्रदेशभित्र रहेका वालगृहको अवस्था, समस्या र चुनौति, मापदण्ड अन्तर्गत संचालित रहे÷नरहेको र बालबालिकाको अवस्थाबारे जानकारी गराएका थिए । कास्कीमा मात्र २५ र गण्डकी प्रदेशभरी ३६ वटा बालगृह संचालित छन् । जसमध्ये १५ वटाले मात्र अनुमति लिएका छन् भने २ जनाले अस्थायीरुपमा अनुमति लिएको वाग्लेले जानकारी दिए । यस्तै, गण्डकी प्रदेशभित्रका ८५ स्थानीय तहमध्ये १९ वटामा मात्र बाल अधिकार समिति गठन भएका छन् ।
२१ वटा पालिकाले बालबालिका सम्बन्धि कार्यविधी बनाएका छन् भने २१ वटामा बाल कल्याण अधिकारी राखिएको छ । ६५ वटा पालिकाले बालबालिकाको लागि छुट्टै बजेट विनियोजन गरेको तथ्यांक वाग्लेले प्रस्तुत गरे । २० वटा पालिकाले बालबालिका कोषसमेत स्थापना गरेका छन् भने ६१ वटा पालिकामा बाल सञ्जाल गठन गरिएको छ ।
बालबालिकाको कानुन, राष्ट्रिय–अन्र्तराष्ट्रियस्तरमा प्रचलित कानुन, बालबालिकाको अवस्थाबारे छलफल गरिएको थियो । स्थानीयस्तरमा बाल अधिकार समिति गठनको अवस्था, सरकारले यसतर्फ दिने प्राथमिकता, गैरसरकारी संघसंस्थाको भूमिकाबारे पनि बोलिएको थियोे ।
बालगृह अपांगमैत्री नहुँदा मुख्य चुनौति रहेको सरोकारवालाले बताएका छन् । सहभागी बालगृह संचालक स्वंमले पनि संरचना अपांगमैत्री निर्माण नभएको बताए । उनीहरुले सरचना पुराना भएको बताउदै अपांगमैत्री नभएको स्वीकार गरेका हुन् । दृष्टि, बोलाई, सुनाई, शारिरीक, हेमोफोरिया, अटिजम, बहुअपांग, सुस्तमनस्थिति, बहिरा र मानिसक गरी १० प्रकारका अपांगबारे बताइएको छ । गण्डकी प्रदेशमा पछिल्लोसमय अटिजम बढी देखिएको अटिजम केयर सोसाईटी प्रदेश कार्यालयले जनाएको छ ।
२०७८ को जनगणनाअनुसार गण्डकी प्रदेशमा २१० जनालाई अटिजम भएको छ । संस्थाका अध्यक्ष मुकुन्द लम्सालले अटिजम भएका बालबालिका बढी रहेको बताउदै गणनामा अटिजम भएका बालबालिकाको संख्या छुटेको बताए । ४ वर्षमुनिका ९१, ५ देखि ९ वर्षसम्मका ५३, १० देखि १४ वर्षसम्मका ४० र १५ देखी १९ वर्षसम्मका २६ जनालाई अटिजम भएको छ । संस्थाकी प्रतिनिधि पार्वती श्रेष्ठले बच्चा जन्मिएको १८ महिनादेखी ३ वर्षभित्र जानकारी पाइने बताइन् ।
कार्यक्रममा विद्यालयमा राखिने छात्रावासको अवस्थाबारे पनि छलफल गरिएको थियो । विद्यालयमा छात्रावास व्यवस्थापन समिति नबनाई छात्राबास खोल्ने गरी तुलाचनले जानकारी दिइन् । वैकल्पिक हेरचाह कक्षको विषयमा पनि तालिममा सहजीकरण गरिएको थियो । बालगृहमा रहेका बालबालिकाको लागि सीप उपयोगी तालिमको आवश्यक रहेको सहभागीको भनाई छ । बालगृहमा काम गर्दै आएकी सहभागीमध्येकी दीक्षा परियारले बालबालिकाको सवालमा बढी जिम्मेवारी हुनुपर्ने बताइन् ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले बालगृहमा रहेका बालबालिकाको लागि जन्मदर्ता र नागरिकता बनाउन निकै चुनौति रहेको बताएका थिए । आयोजक संस्थाकी सचिव मञ्जुसिंह राणाले बालबालिकाको अधिकाबारे प्रष्टाएकी थिइन् । संस्थाका कार्यकारी निर्देशक नवराज अधिकारीले पनि कार्यक्रमको सहजीकरण गरेका थिए । तालिममा पुरुष भन्दा महिलाको सहभागीता बढी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *