आँधीखोलामा अवैध दोहन, ११ ट्याक्टर नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको आँधीखोलामा अवैध दोहन बढ्दै गएको छ । बुधबार राती अवैध दोहनमा संग्लन सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध नदीजन्य पदार्थ उत्खनन् गरेर ओसारपसार गरेका ११ ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
वालिङ नगरपालिका-१३ गाहाखोलास्थित आँधीखोला किनारबाट वालुवा उत्खनन गरेर ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा लिएको उनको भनाइ छ ।
ग १ त ५९५१, ग १त ५९४३, ग १ त ५९२४, लु १ त ७१५६, लु ४ त ६८७९, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, र ग १ त ३३६९ नम्बरका ९ वटा ट्याक्टरले नदिजन्य पदार्थ लोड गरेको अवस्थामा र ग १ त ५१०५ र ग १ त ६११० दुई वटा खाली ट्याक्टर नियन्त्रणमा लिएको डीएसपी खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *