इजरायलमा अलपत्र रहेका नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान उडेको छ । विमानमा दुई सय ५२ नेपाली रहेका छन् । विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउद लगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा उडान भरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अलपत्र परेका नेपालीलाई उद्दार गर्न ढिलाई गरेको भन्दै विहीवार नेपाल एयरलाइन्सको विमान पठाएका थिए । विमानमा परराष्ट्रमन्त्रीसहित सरकारी अधिकारी पनि गएका थिए । दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
सरकारले अलपत्र परेका र स्वदेश फिर्ता हुन चाहनेका लागि विमान पठाएको हो । युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपाली उक्त विमानबाट नेपाल फर्किंदैछन् ।
हमासको आक्रमणबाट १० जना विद्यार्थी नेपालीले ज्यान गुमाएका छन् । १० जनाको समूहमा एक जना वेपत्ता छन् भने अन्य घाइते छन् । जहाजको पहिलो लटमा घाइतेलाई प्राथमिकतामा राखिएको छ । ज्यान गुमाएका १० जनाको पनि शव नेपाल ल्याउने तयारी सरकारको छ ।
