कास्कीकोटमा नेविसंघले फरफरायो राष्ट्रिय झन्डा

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका-२४ कास्कीकोटमा अवस्थित गुप्त कालिका माई मन्दिर परिसरमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।

नेविसंघ केन्द्रीय सदस्य महादेव गिरीको संयोजकत्वमा झण्डा राखिएकाे हाे । नेपालीको महान पर्व बिजया दशमीमा पुजा गर्ने भक्तजनको भिडवाड बढ्ने धार्मिक तथा पर्यटन क्षेत्रलाई लक्षित गर्ने उद्देश्यले नेपालको राष्ट्रिय झन्डा राखिएको गिरीले बताए । धार्मिक,एैतिहासिक एवम पौराणिक छटाले भरिको कश्यप ऋषिको तपोभुमी कास्किकोटामा राष्ट्रिय स्वाभिमानसँग जोडिएको राष्ट्रिय झन्डाले युवामा अझै सामाजिक बन्ने हौसला बढ्ने कुरामा सहमत भएको विद्याथी नेता अर्जुनबहादुर अधिकारी जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *