चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘हर्टअट्याक’

Share this post :

Facebook
Twitter
WhatsApp

छिमेकी राष्ट्र चीन भ्रमणमा रहृका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुटुमा समस्या देखिएपछि चीनको अस्पताल भर्ना भएका छन् ।

गृहमन्त्रीको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार श्रेष्ठको मुटुमा रक्तप्रवाह रोकिएपछि हाल स्टेन हालिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठलाई अब दुईरतीन दिन अस्पतालमा राखिनेछ । प्रेस सल्लाहकार कमल गिरलिे गृहमन्त्री श्रेष्ठलाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

उनले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए । श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन सोमबार चीन पुगेका हुन् ।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चुको नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी थिए । यसैबीच उपप्रधानमन्त्रीले बिहीबार बेइजिङमा गर्ने भनिएका भेटवार्ता रद्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *