सवारी दुर्घटनाबाट युवाको ज्यान गयो, दुई घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–२५ फुर्केटारीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । विहीवार साँझ फुर्केटारी चोकमा ग १६ प २९१ नम्बर र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल एक अपसमा ठोकिएका थिए ।
ग १६ प २९१ नम्बरको मोटरसाइकल चालक गोरखाको पालुङटारका ३० वर्षिय शुक्रराज श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालमा उनलाई चिकित्सकले उपचारको क्रममा राती दुई बजेर १० मिनेट जादा मृत्त घोषणा गरेका हुन् ।
बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमापछाडी सवार व्यक्तिको भने मणिपालमा नै उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुइ वटै मोटरसाइकललाई हेम्जास्थित अस्थायी प्रहरी विटले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *