इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न आइतबार पहिलोपटक सूचना प्रकाशित गरिएकाे छ । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो । उक्त जहाज दुर्गम क्षेत्रलाई लक्षित गरि खरिद गर्न लागिएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
Post Views: 25