भुकम्प प्रभावित दुई जिल्लामा ५/५ करोड रुपैयाँ पठाउने निर्णय

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले भुकम्प प्रभावित दुई जिल्लामा ५÷५ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज, उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।
गृह मन्त्रालयका अनुसार जाजरकोटमा ९५ र पश्चिम रुकुममा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै जाजरकोटमा १ सय ५० र रुकुममा १ सय ४४ जना घाइते भएका छन् । घाइतेमध्ये सुर्खेतमा १५ र नेपालगञ्जमा १९ जनाको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ । यस्तै, सरकारले टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था र उक्त क्षेत्रमा सूचना आदानप्रदान गर्न निःशुल्क नमस्ते वाईफाई संचालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *