जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहातका सामाग्री लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज आज विहान पोखरा आउदै छन् । चीनको छेङ्दुबाट आउने ती जहाज विहान ९:०५ मा अवतरण गर्ने बताईएकाे छ ।
१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज आउन लागेका हुन् । उक्त सामाग्री नेपाली सेनाको स्काइ ट्रकले रुकुम पश्चिम र नेपालगञ्ज पुर्याउने छन् । चिनियाँ राजदूत छन सोङले हस्तान्तरण गर्ने उक्त सामाग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझ्ने छन् ।
Post Views: 29