राहात बाेकेर चिनियाँ सेनाका दुई जहाज पोखरामा

Share this post :

Facebook
Twitter
WhatsApp

गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पका कारण जाजरकोट र पश्चिम रूकूममा ठूलाे क्षति पुगेकाे छ । भूकम्पपीडितका लागि राहात संकलन पनि भईरहेकाे छ । आज चिनियाँ जनमुक्ति सेनाका दुई जहाज राहात लिएर पोखरा विमानस्थल आएका छन् । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेका हुन् ।
चीनको छेङ्दुबाट आएका ती जहाज विहान ९:३० र ९:४० मा अवतरण गरेका हुन् । ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले रुकुम पश्चिम र नेपालगञ्ज पुर्‍याउने छ । विमानस्थलमा ती सामग्री बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र हस्तान्तरण गर्न चिनियाँ राजदूत छन सोङ नेपाली सेनाको जहाजमार्फत पोखरा आइपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *