कृषकको सारथी बन्दै गल्याङ नगरपालिका

Share this post :

Facebook
Twitter
WhatsApp

व्यावसायिक रुपमा ठूला फार्म संचालन गरेका कृषकले स्थानीय तहको कार्यालयमै पुगेर कृषि सम्वन्धी विभिन्न सेवा लिइरहेका हुन्छन् । तर, निर्वाहमुखी कृषि पेसा अगालेका निम्न र मध्यम वर्गका कृषक सरकारी निकायसम्म पुग्न नसक्दा सधैँ सेवा सुविधाबाट वञ्चित भएका हुन्छन् । आफ्नो पालिकाभित्र रहेका निर्वाहमुखी कृषि पेसामा आवद्ध कृषक कृषि सम्वन्धी कुनै पनि सेवासुविधा पाउनबाट नछुटुन भनेर स्याङ्जाको गल्याङ नगरपालिका कृषि प्राविधिक सहित कृषकका घरघरमै पुग्ने गरेको छ ।

नगरपालिकाले ‘कृषकसंग कृषि प्राविधिक’ नामको अभियान संचालन गरेको छ । अभियानमा कृषकका गुनासा सुन्ने, उन्नत जातका विउविजन दिने, कृषि क्षेत्रमा देखिने समस्या र समाधान समेटिएको हाते पुस्तक वितरण गर्ने, परामर्श दिने लगाएतका कार्यक्रम समेटिएको छ । नगरपालिकाले गत असोज २३ देखि टोलटोलमै पुगेर कृषकलाई पाँच प्रकारका उन्नत जातका बीउबिजन वितरण गर्दै कृषि सम्वन्धी जानकारी समेटिएको पुस्तक कृषकलाई दिँदै आएको जनाएको छ ।

गल्याङ नगरप्रमुुख गुुरुप्रसाद भट्टराईले नगरभित्रका करिब पाँच हजार कृषकका घरपरिवारलाई ‘कृषकसंग कृषि प्राविधिक’ कार्यक्रममा सरिक बनाएर सेवा प्रदान गरिने बताए । उनले नगरभित्रका गुुजारा चलाइरहेका कृषक नछुट्ने गरि नपा कृषकका घरदैलोमा पुगेको बताए । यो कार्यक्रमले कृषकका समस्या समाधान गर्न मद्दत पुग्ने उनको भनाई छ ।

नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले कृषकका घरघरमा जाँदा अनुदानका कार्यक्रम बढाएर व्यावसायिक कृषकलाई हौसला दिन आग्रह गरिएको बताइन् । कृषकका घरघरमा जाँदा पुरुष भन्दा महिला ठुलो संख्यामा कृषि कर्ममा लागेको पायौ’ उनले भनिन, ‘लक्षीत समुहको पनि कार्यक्रममा उत्साहजनक सहभागिता देख्दा कृषि क्षेत्रमा लागेका बहुसंख्यक कृषकलाई आवश्यक सुविधा बढाएर सम्मान गर्नुपर्ने आभास भयो ।’

गल्याङ नपामा वसोवास गर्ने नागरिकको चाहाना कृषि पेसा नै रहेको प्रमुुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए । उनले उनीहरुलाई हौसला प्रदान गर्न नपाले कृषि सामाग्रीको बजारीकरण गर्ने योजना बनाइएको सुनाए । नपाभित्र सम्भावना राम्रो भएकाले तरकारी, मासु र दूध उत्पादनलाई विशेष जोड दिएर अगाडी बढेको उनको भनाई छ ।

यस्तै नपाका पशुुशाखा प्रमुुख सुशील अर्यालले पशुुपालक कृषकले पशुमा लाग्ने रोग, प्रजनन् सम्वन्धी समस्या र समाधान, पशु खोप, घाँस, कृतिम गर्भधारणका फाईदा र बेफाईदाका विषयमा जिज्ञासा राखेको बताए ।
गल्याङ नपा–३, की कृषक खुुमा अर्यालले पालिकाले योजना गरेको ‘कृषकसंग कृषि प्राविधिक’ कार्यक्रम प्रभावकारी भए पनि नगरपालिकाले दिने सेवा सुुविधा वास्तविक कृषकले नपाएको गुनासो गरे । ‘पालिकाले कृषि सम्वन्धी विभिन्न कार्यक्रम ल्याएको सुुनिन्छ’ उनी भन्छन, ‘सूूचना नै नगरि टाँठाबाठाले त्यो सुुविधा लैजान्छन् । हामीले पनि व्यावासायिक रुपमा कृषि पेसा अगालेका छौ तर, हामीलाई थाहै हुदैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *