२७ सुरुङमार्गमध्ये दुई मात्र निर्माणाधीन

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले २७ वटा सुरुङमार्ग निर्माण गर्ने लक्ष्य लिए पनि हालसम्म जम्मा दुई वटा सुरुङमार्गको मात्र निर्माण कार्य भइरहेको छ । पछिल्लो पाँच वर्षयता विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने राजनितिक दवावपछि सरकारले बजेट राख्दै २७ आयोजना पुयाएको छ ।

२७ मध्ये नागढुंगा–सिस्नेखोला र पाल्पाको सिद्धबाबा सुरुङको निर्माण थालिएको छ । सिद्धबाबा सुरुङमार्ग थालिए पनि प्रगति भने चित्त बुझ्दो छैन् । नागढुँगा सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने हो । यसको निर्माण २०७६ कात्तिकबाट सुरु भएको हो । ठेक्का सम्झौताअनुसारको म्याद २०८० वैशाख १३ सम्म मात्र थियो । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि २०८० साउन ४ सम्म म्याद थप गरियो ।

उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक २०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । अहिले थप भएको समयभित्र पनि काम नसकिने भएकाले थप ६ महिना समय लाग्ने आयोजना प्रमुख नवीनमान श्रेष्ठले जानाकारी दिए । कोभिडको समय पनि यस आयोजनाको काम नरोकिएको आयोजनाले जनाएको छ ।

सिद्धबाबा सुरुङमा प्रवेशद्वार बनाएर काम अघि बढाउने तयारीमा आयोजना छ । १.१ किमि दूरी रहेको सुरुङमार्गको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ । त्यस्तै ३ सय मिटर आपत्कालीन सुरुङ निर्माण गरिनेछ । अन्य सुरुङ अध्ययनका क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *