स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छाबाट खहरेतर्फ जादै गरेको लु १ ह ३६८६ नम्बरको अटो शनिवार अनियन्त्रित हुँदा बालिकाको ज्यान गएको छ । अटोमा सवार चालकसहित ४ जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्साल क्षेत्रीको छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको हो ।
अटो सडकमा नै दुर्घटना भएको थियो । दुर्घटनामा बालिकाको टाउकोमा चोट लागेको थियो भने उपचारको क्रममा वालिङ स्वास्थ्य चौकीले उनलाई मृत्त घोषणा गरेको स्याङ्जा प्रहरीले जनाएको छ । बालिकाको शव अस्पतालमा नै राखिएको छ । वडा प्रहरी कार्यालय वालिङले अटो र अटो चालक नियन्यत्रणमा लिएको छ ।
Post Views: 38