नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत भएकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे वैठकले गत कातिक २४ गतेदेखि लागू हुने गरि राजीनामा स्वीकृत गरेकाे हाे । उपरथि पाण्डेले व्यक्तिगत कारण दर्शाइ पदबाट राजीनामा दिएका थिए ।
वैठकले उर्जा सचिव दिनेशकुमार घिमिरेकाे पनि राजीनामा स्वीकृत गरेकाे छ । वैडकमा विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय भएकाे छ ।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने (रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट) निर्णय भएकाे प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिए ।