गण्डकी विश्वविद्यालयले अन्वेषण र आविष्कार केन्द्रमा हालसम्म मुलुकका आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन गरेको छ । मेसिनलाई प्रयोग गरेर कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिने विश्वविद्यालयले जनाएको छ ।
गण्डकी विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले विभागीय मन्त्री (सामाजिक विकास तथा स्वास्थ्य) सुशीला सिम्खडालाई गत आर्थिक वर्ष २०७९=८० को वार्षिक प्रतिवेदन पेश गर्दै उक्त कुरा जानकारी गराए । विगतका शैक्षिक तथा प्राज्ञिक अभ्यास र गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल स्थापना गर्ने विषयलाई निरन्तरता दिँदै तयार गरिएको एमबिबिएस कोर्सको जानकारी प्रदेश सरकारमा दिने र गुणस्तरीय शिक्षाको विकास एवं प्रवद्र्धन गर्ने नीति विश्वविद्यालयले लिएको छ ।
नेपालमा नै पहिलोपटक खेलकुद व्यवस्थापन विषयमा अध्यापन गराएको गण्डकी विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स र मौसम परिवर्तनको विषयमा पढाई संचालन गर्ने भएको छ । यस विश्वविद्यालयमा हाल बीए एलएलबी, खेलकुद व्यवस्थापन, बीबीए, बीआइटी, बी फर्मा र व्यवस्थापन विषयमा पढाई संचालन हुदै आएको छ । विविले गत आवमा कुल बजेटको ९६ प्रतिशत बजेट सम्पन्न छ । यस विश्वविद्यालयमा हाल ५२ जिल्लाका ४ सय ६० जना विद्यार्थी अध्ययनरत छन् । गत आवमा १६ जना शिक्षक र २१ कर्मचारी नियुक्त गरिएको प्रतिवेदनमा उल्लेख छ । हाल विश्वविद्यालयमा २४ जना शिक्षक र ५० कर्मचारी स्थायीरुपमा कार्यरत छन् ।
प्राध्यापक र कर्मचारीको प्रयासबाट विश्वविद्यालयलाई गुणस्तरीय नमुना विश्वविद्यालय बनाउने कामको सुरुवात भएको प्रतिवेदनमा उल्लेख छ । गण्डकी विविले शैक्षिक गतिविधि (विभिन्न थरीका खेलकुद) आत्मरक्षा कार्यक्रम पनि संचालन गर्दै आएको छ ।
अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवद्र्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले २०७६ मा विश्वविद्यालयको स्थापना भएको हो । खानी, कृषि, ईन्जिनियरि», उद्यमशीलता जस्ता प्राविधिक विषयको पठनपाठनको माग रहेको विविले जनाएको छ । विश्वविद्यालयले विद्यार्थीको माग अनुसार शैक्षिक आवश्यकता मूूल्यांकन र दश वर्षे रणनीतिक योजनालाई अवलम्बन गर्दै अगाडि बढेको प्रतिवेदनले जनाएको छ । इन्जिनियरि» (मेकानिक अटो मोवाइल) एनआरएम र कृषि, कानून, स्वास्थ्य सम्बन्धी कार्यक्रम समावेश गर्नका लागि प्राथमिकता तयार गरिएको उल्लेख छ । मास्टर डिग्री प्रोग्राम मिट अल (कृत्रिम बुद्धिमत्ता) कार्यक्रम हालै प्राज्ञिक परिषद्ले पारित गरेको छ । जलवायुु परिवर्तन, दिगोपन र नगरपालिका विकास योजना विषयमा मास्टर डिग्री स्थापना गर्ने कार्य अन्तिम चरणमा रहेको प्रतिवेदनमा बताइएको छ ।
अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवद्र्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालय अनुसन्धान केन्द्र (अन्वेषण तथा आविष्कार केन्द्र)को स्थापना भएको थियो । यस विविले पहिलोपटक गैरकानूनी रुपमा उत्पादन हुने कोदोको रक्सीलाई कानूनी दायरामा ल्याई कोदोको संरचना, उत्पादन तथा आर्थिक उपार्जनको लागि बजारीकरणको गर्न अनुसन्धान कार्य अगाडि बढाएको छ । हाल विविसँग ७ सय २६ रोपनी जमिन उपयोग गर्न पाउने गरी प्राप्त भएको छ । नेपाल सरकारबाट थप २ सय ४८ रोपनी जमिन लिने प्रयास भएको कुलपति प्राडा गणेशमान गुरु»ले जानकारी दिए ।