स्याङ्जाको पुुतलीबजार नगरपालिका–१३ झाकोटमा रहेको कालिका माध्यामिक विद्यालयले सामूहिकरुपमा व्यावसायिक आलुु खेती सुुरु गरेको छ । १० वर्षको लागि ७ रोपनी जमिन बन्दगीमा लिएर सो विद्यालयले सामूहिक आलुखेती सुुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद कोइरालाले जानकारी दिए ।
विद्यार्थीलाई उत्पादनसँग जोड्ने शिक्षा र प्रयोगात्मक अभ्यासका लागि जमिन भाडामा लिएर यो अभियान संचालन गरिएको उनको भनाई छ । ‘विद्यार्थी र शिक्षकलाई विद्यालयमा संचालित अतिरिक्त क्रियाकलाप कार्यक्रम, अंतरगत उत्पादन कार्य संचालन गर्न लागिएको छ’ अध्यक्ष कोइरालाले भने, ‘यसले विद्यालयलाई अतिरिक्त आर्थिक लाभ हुने र विद्यार्थी र अभिभावक तथा सरोकारवालालाईसमेत फाइदा हुन्छ ।’
कार्यक्रमलाई निरन्तरता दिदै विद्यालयले आगामी दिनमा राम्रो नर्सरी स्थापना गरि मौसमी तथा बेमौसमी तरकारी बालिका बिरुवा उत्पादन गरि बिक्रीवितरण समेत गर्ने लक्ष्य राखेको छ । सामूहिकरुपमा अभिभावक, शिक्षक र विद्यार्थी कार्यक्रममा जोडिन पाउँदा विद्यार्थी पनि खुशी देखिन्थे ।
