गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताएका छन् ।
भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेपानी आएका मुुख्यमन्त्री पाण्डेले पदमार्गको महत्व बचाउदै सडक पूूर्वाधार निर्माण गरिने बताए ।
‘चित्रे देखि घोडेपानी जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि चालुु आर्थिक वर्षमानै तीन करोडको बजेट व्यवस्था गरेर बहुुबर्षीय ठेक्का लगाउछौ’ उनले भने, ‘घोडेपानीदेखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यसवर्ष तीस लाख बिनियोजन भएको छ । थप बजेट ब्यवस्था गरेर यसै वर्ष कास्की र म्याग्दीलाई सडकले जोड्छौ ।’
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुुग्जालीले चालुु आर्थिक वर्षमा तीस लाख बिनियोजन भएको चित्रे घोडेपानी सडकका लागि चालु आर्थिक वर्षमा तीस लाख बजेट थप गर्ने र त्यसलाई बीस प्रतिशत मानेर तीन करोडको बहुुबर्षीय ठेक्का लगाउने तयारी प्रदेश सरकारले गरेको बताए ।
गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको र चित्रे घोडेपानी सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुन, वडाध्यक्ष रामबहादुुर खड्का, गाउँपालिकाका पुुर्व अध्यक्ष डमबहादुुर पुनले अनुुरोध गरेका थिए ।
मुुख्यमन्त्री पाण्डेले कास्कीको तिखेढुुंगा हुुदै उल्लेरी जोड्ने सडक स्तरोन्नती गर्ने पूूर्वाधार विकास कार्यालय कास्कीमार्फत पाँच करोड बजेट बराबरको बहुुबर्षीय ठेक्का लगाउने तयारी गरेको बताए । कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरीहुुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने बताएका छन् ।
मुुख्यमन्त्री पाण्डेले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा पहिचान हुुने पदमार्गको विकासमा प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाए । शनिबार हुुने समिक्षा कार्यक्रममा सहभागि हुुन मुुख्यमन्त्री पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा लगायत घोडेपानी आएका छन् ।
भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले पर्यटन प्रर्वद्धनका लागि प्रदेश राजधानी पोखरा बाहिर समिक्षा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, पूूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयको चालुु आर्थिक वर्ष २०८० र ८१ को पहिलो चौमासिकको प्रगति समिक्षाका लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागिहरुलाई म्याग्दी क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुुवेदी, वडा अध्यक्ष रामबहादुुर खड्का, गाउँपालिकाका पुुर्व अध्यक्ष डमबहादुुर पुन, घोडेपानीको टोल सुधार समिति, होटल व्यवस्थापन उपसमिति, आमा समूूह, पुुनहिल युवा क्लवले स्वागत गरेका थिए । कलाकारहरुले मौलिक पहिरनमा सजिएर नृत्य प्रस्तुुत गरेका थिए ।