त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

Share this post :

Facebook
Twitter
WhatsApp

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । बिहीबार मध्यराति १४ किलाे सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।

फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको हाे । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले । आफू भरिया मात्र भएकाे र मीन घलेले ल्याउन लगाएको बताएपछि मीनलाई पनि धुम्बाराहीबाट पक्राउ गरिएकाे बताए ।

उनका अनुसार चन्द्र घले बिहीबार राति ११ बजेर ५६ मिनेट जाँदा फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौँ अवतरण गरेका थिए । ‘उनले दुई/दुई किलोका सातवटा बिस्कुट बनाई अस्कोटमा लुकाएका रहेछन्’, डीआईजी चन्दले भने, ‘जोख्दा सुन १४ किलो पुग्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *