प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोसब २०८० को उपाधि पञ्चकन्या माबिले हात पारेको छ । पञ्चकन्याले ११ स्वर्ण, ११ रजत र चार कास्य पदकसहित २६ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।
स्थानिय तह बनेको सात बर्ष भए पनि यहाँ पहिलो पटक रनिङ शिल्ड तथा शैक्षिक महोसव भएको हो । शैक्षिक महोत्सवमा अर्जुनचौपारी चिल्डेन एकेडेमीले आठ स्वर्ण, पाचँ कास्य र आठ कास्य पदक सहित २१ पदकका साथ उपबिजेता बनेको हो ।
यस्तै दरौ माबिले सात स्वर्ण, दुई रजत र आठ कास्य सहित १७ पदक प्राप्त गर्दै तेस्रो बनेको हो भने चौथो जनमाबलिे चार स्वर्ण, तीन रजत र आठ कास्य सहित १५ पदक प्राप्त गरेको हो ।
मङसिर १९ गतेबाट शुरु भएको खेलकुद महोत्सवमा भलिबल, एथलेटिक्स, सटफुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्र/छात्राबिच प्रतिस्प्र्धा भएको थियो भने चम्चारेश, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेश लगायतका प्रतिस्पर्धा गरिएको थियो ।
बिजयी तथा उपबिजता खेलाडी कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले रनिङ शिल्ड तथा मेडल प्रमाणपत्र प्रदान गरे । रनिङ कप तथा शैक्षिक महोत्सबमा छ माबिसहित २८ बिद्यालय ३२४ जना बिद्यार्थी सहभागीता रहेको थियो । व्यक्तिगततर्फ प्रथम र द्धितीय तथा समुहगत खेलमा एक टिमले राष्ट्रपति रनिङ कपको जिल्लास्तरिय प्रतिस्पर्धामा सहभागीता जनाउने छन् ।