बालिकाको अश्लील भिडियो बनाएर धम्काउने बालक पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

फेसबुकको नक्कली आइडी बनाई १६ वर्षिया बालिकाको अश्लील भिडियो पोष्ट गर्ने धम्की दिएका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका–२७ बस्ने १६ वर्षिया वालिकालाई सोही ठाउँको विद्यालयमा पढ्ने १६ वर्षका वालकले बालिकाको फोटो तथा भिडियो अश्लील बनाई पोष्ट गर्ने धम्की दिएको कास्की प्रहरीले जनाएको छ । मंसिर १८ गते फेसबुकमा पोष्ट गर्ने, आफन्तलाई पठाइदिने भन्दै धम्की दिएको र मानसिक यातना दिएको भन्दै बालिकाले प्रहरीमा उजुरी दिएकी थिइन् । बालिकाको उजुरीको आधारमा प्रहरीले बालकले प्रयोग गर्ने दुई वटा मोवाइलसमेत बरामद गरेको छ । बिद्युतिय कारोवार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा जिल्ला अदालत कास्कीमा शुक्रबार मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *