ठगी आरोपमा पोखरामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका–६६ लेकसाइडका ४१ वर्षिय विकास पहारी, २२ वर्षिय प्रविन विश्वकर्मा, २४ वर्षिय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र ४२ वर्षिय दिपेन्द्र पहारी रहेका छन् ।
पक्राउ परेका चार जनालाई शुक्रबार जिल्ला अदालत कास्कीमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको छ । पोखरा–६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत मिलन पहारीसमेतले धम्काई प्रतिव्यक्ति १३ हजार ५ सय लिएको भन्ने १५ जनाको जाहेरी परेपछि जिल्ला र वैदाम प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरुले फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको आरोप उजुरीकर्ताले लगाएका छन् ।
Post Views: 39