त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

Share this post :

Facebook
Twitter
WhatsApp

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।
विमानस्थलका अनुसार शनिबार राती पौने एक बजे भन्सार पास भइसकेपछि सुन बरामद भएको हो । फ्लाइ दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *