प्रधानमन्त्रीद्वारा नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

Share this post :

Facebook
Twitter
WhatsApp

सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन् ।

निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’

गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा आफ्नाे काबुमा रहेकाे बताउदै आफ्नाे जिम्मेवारी पनि पनि भएकाे बताए । प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्वन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपयो। समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’

परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्ने उनले बताए । उनका अनुसार तोकिएको समयमा नै काम सकिनुपर्छ । ‘विभिन्न कारणले काम भएन भन्न पाइने छैन’ प्रधानमन्त्रीले भने, ‘यी दुई प्रजेक्ट महत्वपूर्ण छन् । समयमै सकिनुपर्छ । म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु ।अब धेरै समय विकासका कामलाई दिन्छु ।’

यो काम गर्ने अन्तिम अवसर भएकाे उनले बताए । सबैले एकपटक अवसर लिनुपर्ने उनकाे भनाई थियाे । ‘अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन’ उनले भने, ‘राष्ट्रिय गौरवका योजनामा काम दुर्ई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *