अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरी पोखरा महानगरतर्फ ल्याउँदै गरेका ५ वटा ट्रिपरलाई कास्की प्रहरीले नियनत्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले बुधबार विहान ५ बजे नियन्त्रणमा लिएको जनाएको छ ।
कास्की पोखरा महानगरपालिका–१९ चितेपानीस्थित ग १ ख १७८, ग १ क १५१४, ग २ ख ७७, ग १ ख ५८६७ र ग १ ख ८४२९ को टिप्परलाई कागजपत्र बिना नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । उक्त सवारी साधनलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको कास्की प्रहरीले जनायो ।
Post Views: 34