ठगी मुद्दामा वडा सदस्यसहित ४ जना पूर्पक्षमा

Share this post :

Facebook
Twitter
WhatsApp

ठगी मुद्धामा पोखरा महानगरपालिका–६ वडासदस्यसहित चार जना आज कारागार चलान भएका छन् । लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई नाउँमा फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको आरोपमा जाहेरी परेपछि वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरेको थियो । वडासदस्य ४२ वर्षिय दिपेन्द्र पहारीलगायत वैदान निवासी ४१ का विकास पहारी, २२ वर्षिय प्रवीन विश्वकर्मा, २४ वर्षिय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराललाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । कास्की जिल्ला अदालतले शुक्रबार उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *