ठगी मुद्धामा पोखरा महानगरपालिका–६ वडासदस्यसहित चार जना आज कारागार चलान भएका छन् । लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई नाउँमा फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको आरोपमा जाहेरी परेपछि वडा प्रहरी कार्यालय वैदामले पक्राउ गरेको थियो । वडासदस्य ४२ वर्षिय दिपेन्द्र पहारीलगायत वैदान निवासी ४१ का विकास पहारी, २२ वर्षिय प्रवीन विश्वकर्मा, २४ वर्षिय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराललाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । कास्की जिल्ला अदालतले शुक्रबार उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
छुटाउनुभयो कि?
सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान
गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो…
नेतृत्व तहमा पुग्न अझै सकेनन् युवा
अवको नेतृत्व युवाको यो भाषणमा धेरै सुनिने शव्द हो । पछिल्लोसमय युवापुस्ताले यस्ता शव्द बढी प्रयोग गर्छन् । सिनियर अर्थात…
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको…