करोड घुस खाएका पूर्व सहकारी रजिस्ट्रार पराजुली फरार

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न घुस खाएको खुलेपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्टार उदयबहादुर पराजुली यतिबेला फरार छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका हुन् ।
केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो । कास्की प्रहरीले पराजुुलीलाई खोजी गरिरहेको जनाएको छ । पराजुली हाल पर्वतको कुश्मा नगरापकिालमा प्रमुख प्रशासकीय अधिकृतकोरुपमा छन् । कुश्मा जानुअघि उनी रजिष्ट्रार कार्यालयमा थिए । ठगीको आरोपमा पक्राउ परेका मित्रमिलन सहकारीका संचालकहरुले बयानको क्रममा पराजुुलीलाई घुस दिएर कार्यक्षेत्र विस्तार गरेको खुलाएका थिए ।
अनुसन्धानका क्रममा १ करोड ५ लाख रुपैयाँ पराजुलीले लिएको देखिएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म ५ जना पक्राउ परिसकेका छन् । पोखरा–२१ का वडाध्यक्षसहित प्रेस चौतारीका कास्की अध्यक्ष अर्जुन गिरी, अधिवक्ता लगायत २ दर्जनभन्दा बढी अझै फरार छन् । फरारको सूचिमा रहेका व्यक्तिको खोजी जारी रहेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले ठगीमा संलग्न सवै जनालाई कानुनी दायराअनुसार कारबाही गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *