शान्ति प्रक्रिया आम सहमतिबाटै पूरा गर्ने विश्वास छः प्रधानमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम आम सहमतिमै पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
‘नेपालको शान्तिप्रक्रिया संसारकै लागि अनुपम र उदाहरणीय छ’ उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा त्यो स्वीकारोक्ति देखिन्छ पनि । तर, त्यो प्रक्रियाका केही काम टुङ्ग्याउन बाँकी छ । अब आमसहमतिमै शान्ति प्रक्रियाका बाँकी काम सक्न म कृतसंकल्पित छु ।’
नेपालको संविधान, सर्वोच्च अदालतको फैसला, बृहत शान्ति सम्झौता, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा पीडितको सरोकारलाई केन्द्रमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा छलफलको क्रममा रहेको जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई सार्वभौम संसदबाट आमसहमतिमैं अगाडि बढाउन सकिन्छ भन्ने विश्वास छ । यसबीचमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न आन्दोलनका घाइते तथा अपाङ्गलाई सम्मानपत्रका साथै निःशुल्क उपचार, रोजगारी र जीविकोपार्जनको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ । साथै, जनआन्दोलन र जनयुद्धका क्रममा जीवन उत्सर्ग गर्ने ८४७१ जना शहिदको नामावली नेपाल राजपत्रमा प्रकाशन गरेर सम्मान प्रदान गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *