स्याङ्जाको पुतलीबजार नगरपालिका–८ काहुँलेमा करेण्ट लागेर महिलाको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा घाँसको भारी बोकेर घर फर्किने क्रममा घाँसले विजुलीको पोल छुन जादाँ करेन्ट लागेको थियो । करेन्ट लाग्दा काँहुलेकी ५० वर्षिया चन्द्रकुमारी सुनारको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव पोष्टमार्टमको ालगि जिल्ला अस्पताल लगिएको छ ।
Post Views: 33