शाखा प्रमुखका लागि लिजा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गल्याङमा सम्पन्न

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (स्याङ्जा)
स्याङ्जाको गल्याङ नगरपालिकामा स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कन (लिजा) सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । गल्याङ नगरपालिकाका शाखा प्रमुखहरुका लागि लिजा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । नगरपालिकाले गरिरहेका कामको स्वमुल्याङ्नका लागि अनलाईन सिस्टमका बारेमा शाखा प्रमुखहरुलाई जानकारी गराइएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारराज आचार्यले नगरपालिकामा भैरहेका शाखागत कामको मुल्याङ्कन अत्यवश्यक भएकाले अभिमुखीकरणको आयोजना गरिएको बताए ।
उनले प्रत्येक शाखामा भैरहेका कामको नियमित अपडेट गर्नुपर्नेमा जोड दिए । आचार्यले भने, ‘सबै शाखामा के भैरहेको छ भन्ने बारेमा स्व मुल्याङ्कन भैसकेपछि थप योजना बनाउन पनि सहयोग पुग्नेछ ।’ भविश्यमा नगरपालिकाको आर्थिक विकासमा थप टेवा पुग्ने उनको भनाई छ । अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका सबै शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण गल्याङ नगरपालिका योजना शाखा प्रमुख लिलाधर चापागाई र आइटि प्रमुख उदयराज खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *