आजदेखि देशभर एसईई परीक्षा

Share this post :

Facebook
Twitter
WhatsApp

आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज (चैत १५)बाट सुरु भएको परीक्षा चैत २७ गतेसम्म संचालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको लागि सम्पूर्ण तयारी गरिएको बताए । शान्तिपूर्णरूपमा सम्पन्न गर्न उनले सवैजनालाई आह्रवान गरेका छन् ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कुल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् । विहान ८ बजेदेखि सुरु हुने परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा १÷१ र सबैभन्दा बढी काठमाडौ ंमा १ सय २७ केन्द्र छन् । यसवर्ष जापानबाट २३ जनाले परीक्षा दिने छन् । प्रत्यक्षरूपमा ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यस वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्र्ने भएको छ । परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अंक र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने छ भने, १०० सय पूर्णांक रहेको विषयमा ३५ र ७५ पूर्णांकको विषयमा २७ अंक ल्याउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *