कास्कीकाे अन्नपुर्ण गाउँपालिका-४ भदाैरेस्थित जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने १० जना घाईते भएका छन् । पाैने ४ बजे ग.१.ज. ५५४७ नम्बरकाे यात्रुबाहक जिप सडकबाट अन्दाजी २५० मिटर तल खसेकाे सशस्त्र प्रहरीकाे कालिका गण पाेखराले जनाएकाे छ ।
जीपमा १२ जना सवार थिए । घटनास्थलमा कालिका गण पाेखराबाट सशस्त्र प्रहरीकाे टाेली पुगेकाे छ । घाईतेलाई उपचारकाे लागि पाेखरा ल्याइदै गरेकाे कालिका गणका गणपति अरूण पाैडेलले बताए । जीपमा थप ब्यक्ति समेत हुन सक्ने आशंकामा दुर्घटनास्थल वरपर सर्चको कारवाही भईरहेको उनले बताएका छन् । यात्रुकाे पहिचान खुलेकाे छैन भने दुर्घटनाकाे बाँकी विवरण आउनै बाँकी छ ।
Post Views: 28