गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । आज विहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले बहुमतसहित दावी पेश गरेका हुन् ।
अधिकारीलाई नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन छ । चैत २१ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि सोही दिनै प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार सात दिनको समय दिएर चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्न आह्रवान गरेका थिए ।
दावी पेश गर्न एमालेका अधिकारीसहित माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङ्े पनि पुगेका थिए । एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेको जानकारी दिए ।