असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ती नगर्न काँग्रेसकाे अनुराेध

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सभा अन्तर्गत नेपाली काँग्रेस संसदीय दलले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगर्न प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अनुराेध गरेकाे छ । सभामुखकाे समर्थनमा मुख्यमन्त्री नियुक्त गर्न लागिएकाे विषयमा असहमति जनाउदै मुख्यमन्त्री नियुक्त नगर्न काँग्रेसले आज अनुराेध गरेकाे हाे ।

काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बाहलवाला सभामुख कृष्णप्रसाद धितालसहित बहुमत सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्नु गलत रहेकाे बताएका छन् ।
संविधानले सभामुख पदलाई स्वतन्त्र, तटस्थ र निश्पक्ष पद मानी आएको बताउदै उनले सभामुख हुनुपूर्व  दलकाे साधारण सदस्यता समेत त्याग गरिसकेकाे व्यक्तिकाे समर्थन मान्य नहुने उनले बताएका छन् । 

एमालेका खगराज अधिकारीले सभामुख र स्वतन्त्र सांसदकाे सर्मथनमा आज विहान मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ सांसदकाे आवश्यकता पर्दछ । एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसदसहित ३१ जनाकाे हस्ताक्षर बुझाईएकाे थियाे । २७ सीटले काँग्रेस संसदकाे सबैभन्दा ठूलाे दल हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *